बिहीबार, जेठ २, २०८२

कोरोना : एकैदिन थपिए १७० संक्रमित, संक्रमितको संख्या १२१२

नेपालखोज २०७७ जेठ १६ गते १६:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन् । योसहित देशभर संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

कोरोना भाइरस संक्रमणपछि उपचार गरेर निको हुने व्यक्तिको संख्या २ सय ६ पुगेको छ । जसमध्ये पुरुष १३२ जना र महिला ७४ जना रहेका छन् ।

डिस्चार्ज हुनेमा प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट १ सय २ जना, बागमती प्रदेशबाट २० जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ४७ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना छन् ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शुक्रबारसम्म विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना छन् । नेपालमा हालसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ परीक्षण भएका छन् ।

प्रतिक्रिया