बिहीबार, माघ १०, २०८१

चट्याङले लागेर रोल्पामा २ महिलाको मृत्यु

नेपालखोज २०७७ जेठ १६ गते १७:४८

रोल्पा । रोल्पामा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँकी २१ वर्षीया आशा बुढा र सोही ठाउँकी ७५ वर्षीया खिरमाली बाँठा रहेको प्रहरीले बताएको छ।

Advertisement

प्रहरीका अनुसार घरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई चट्याङ आज लागेको थियो। चट्याङमा परी गम्भिर घाईते उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए।

रोल्पाका २ जनाको यस अघि नै चट्याङले लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया