कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
नेपालखोज
२०७७ जेठ १७ गते १७:५५
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठक पाँच बजे बस्ने भनिए पनि सुरक्षा परिषदको बैठकका कारण सुरु हुन ढिलो भएको हो।
आजको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ। मन्त्रिपरिषद बैठकमा भारत लगायतका अन्य मुलुकमा रहेका नेपालीलाई ल्याउनेबारे निर्णयसमेत हुने बताइएको छ।
शुक्रबार बसेको बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो। समितिले दैनिक ३ हजारदेखि ३५ सय जनासम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। साथै भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।
सम्बन्धित
प्रतिक्रिया