मंगलबार, चैत ११, २०८१

सगरमाथाको नयाँ उचाइ कहिले ?

नेपालखोज २०७७ जेठ १८ गते ६:३४

काठमाडौं । नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ ।

Advertisement

६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ ।

सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।

नेपालका तर्फबाट सगरमाथा नयाँ मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया