मंगलबार, वैशाख ४, २०८१

बेलायतमा जुन १ बाट खेलकुद प्रतियोगिताहरु सुचारु हुने

नेपालखोज २०७७ जेठ १८ गते १४:२८

काठमाडौँ । बेलायत सरकारले आगामि जुन १ तारिखबाट घरेलु खेलकुद प्रतियोगिताहरु सुचारु गर्न अनुमती दिएको     छ ।

कोरोना भाईरसको महामारी फैलिएपछि तीन महिनादेखि रोकिएको खेलकुद सुचारु गर्न बेलायत सरकारले हिजो अनुमित दिएको हो । बेलायतको संस्कृती मन्त्रालयका सचिव ओलिभर डोडेनले अर्को महिनाबाट घरेलु खेलकुद प्रतियोगिता सुचारु गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन ।

सरकारले अनुमित दिएपछि विभिन्न खेलकुद संघले जुन पहिलो साताबाट नैं खेलहरु सुचारु गर्ने तयारी थालेका छन् ।

तर, बेलायतमा हुने सबै खेल प्रतियोगिताहरुमा दर्शकको उपस्थितीलाई निषेध गरिएको छ । विश्वकै चर्चित इंग्लीश प्रिमियर लिग फुटबल जुन १७ तारिखबाट सुचारु हुने तय भइसकेको छ । महामारी पछिको पहिलो खेलमा दुई शीर्ष क्लबहरु म्यानचेस्टर सिटी र आर्सनल भिड्नेछन् ।

अब प्रतियोगिता सुचारु हुनुभन्दा अगाडी बेलायत सरकारका पदाधिकारीले संस्कृती, सञ्चार र खेलकुदका पदाधिकारीसँग अन्तिम छलफल गर्नेछन ।

यस्तै उनीहरुले बेलायतको स्वास्थ्य निकायहरुसँग पनि आवश्यक परामर्श लिनेछन् । -एजेन्सी

प्रतिक्रिया