मंगलबार, वैशाख ११, २०८१

८ दिनमै २३ हजार कर्णाली फर्किए

नेपालखोज २०७७ जेठ १८ गते १४:४७

सुर्खेत । कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ भित्रिएका   छन् ।

सूचना अधिकारी गोपाल रायमाझीका अनुसार जेठ ८ गते २ हजार २ सय ३४ जना, ९ गते ४८ जना, १० गते २ हजार ९ जना, ११ गते २ हजार २४ जना, १२ गते ४ हजार २ सय ९७ जना र १३ गते ३ हजार २ सय २९ नागरिकहरु भारतबाट गाउँ फर्किएका छन् ।

त्यस्तै जेठ १४ गते १ हजार २ सय ५५ जना, १५ गते २ हजार ६ सय ३८ जना, १६ गते २ हजार १७ जना र १७ गते २ हजार ६ सय ३३ जना नागरिक भारतबाट गाउँ फर्किएका छन् । तर भारतबाट फर्किएका नागरिकको नमुना परीक्षण भने निकै न्यून देखिएको छ ।

प्रतिक्रिया