बिहीबार, वैशाख १३, २०८१

गाडी बनाउनेलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट

नेपालखोज २०७७ जेठ १८ गते १७:०३

काठमाडौं । विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क बढाएको सरकारले गाडी एसेम्बल गर्ने उद्योगलाई भने ५० प्रतिशतसम्म छुट दिने भएको छ। गत वर्ष २५ प्रतिशत अन्तःशुल्क छुट हुने व्यवस्था रहेकोमा अहिले ५० प्रतिशत पुर्‍याइएको हो।

तर दुई पांग्रे सवारीसाधन एसेम्बल गर्ने उद्योगले भने २५ प्रतिशत मात्रै छुट पाउनेछन्। आर्थिक ऐन २०७६ मा ‘एसेम्बल्ड गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अन एसेम्बल्ड अवस्थाका सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट हुने उल्लेख गरिएको थियो।

अहिले उक्त व्यवस्था परिवर्तन गरी ‘एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्कमा शीर्षक ८७.११ पर्ने सवारीसाधनको हकमा २५ प्रतिशत र शीर्षक ८७.०२ र ८७.०३ मा पर्ने सवारीसाधनका हकमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो।

प्रतिक्रिया