शुक्रबार, वैशाख ७, २०८१

अमेरिकाका २५ सहरमा कर्फ्यु जारी

नेपालखोज २०७७ जेठ १८ गते १७:१५

एजेन्सी । आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका १६ राज्यका २५ सहरमा कर्फ्यु जारी गरिएको छ । ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलिसमा रहेको प्रहरी चौकीमा निधन भएपछि त्यसको विरोधमा अमेरिकामा प्रदर्शन भइरहेको छ ।

फ्लोइडलाई गत सोमबार प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर पक्राउ गर्दै गरेको भिडियो सामाजिक सञ्‍जालमार्फत् सार्वजनिक भएपछि विरोध प्रदर्शन सुरु भएको हो ।

फ्लोइडको प्रहरी हिरासतमै निधन भएको थियो । उनको हत्या अभियोगमा बर्खास्तमा परेका घाँटी थिच्‍ने प्रहरी अधिकारीलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

तर, पनि मिनेसोटासहित अमेरिकाका विभिन्‍न सहरमा प्रदर्शन जारी छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्ने तथा प्रहरी चौकी र सवारी साधान तोडफोड एवम् आगजनी गरिरहेका छन् । विभिन्‍न स्थानमा लुटपाटका घटनासमेत बढेको बताइएको छ ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नेसहितका उपायहरु गरिरहेको छ । तर, पनि अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि क्यालिफोर्निया, क्लोराडो, फ्लोरिडा, जर्जिया, इलियोनिस, केनटुकी, मिनिसोटा, न्युयोर्क, ओहियो, ओरेगन, पेन्सलभानिया, साउथ क्यारोलिना, टिनेसे, उटा, वासिङ्टन र विसकन्सिनलगायतका १६ राज्यका २५ सहरमा कर्फ्यु जारी गरिएको हो ।

प्रतिक्रिया