कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो, दैलेखमा सबैभन्दा धेरै
नेपालखोज
२०७७ जेठ १९ गते १३:१५
सुर्खेत । कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका १ र नारायण नगरपालिका १६ जना गरी १७, सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका १० र सुर्खेतको बराहताल गाउँपालिकाका ५ जना छन् ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो।
योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय ९८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा।लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
जसमध्ये दैलेखमा सबैभन्दा धेरै ८९, सल्यानमा ३५, सुर्खेतमा ३४, जुम्लामा १९, कालिकोटका १८ र मुगुका १ जना छन्। यस्तै, बझाङ र बाजुराका एकरएक जनालाई पनि कर्णालीमै संक्रमण देखिएको हो।
कर्णालीका संक्रमितमध्ये दैलेखका एक जनाको मृत्यु भइसकेको छ।
सम्बन्धित
प्रतिक्रिया