बिहीबार, वैशाख १३, २०८१

अमेरिकाका विभिन्न शहरमा भएको प्रदर्शनमा झडप र आगजनी, राष्ट्रपति ट्रम्पविरुद्ध नाराबाजी

नेपालखोज २०७७ जेठ १९ गते १३:४८

काठमाडौँ । जर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न शहरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ ।

हिंसात्मक झडपहरु नियन्त्रणमा लिन प्रहरीले निषेधाज्ञासमेत जारी गरेको छ ।

प्रदर्शनकारीले प्रहरीको सवारीसाधनमा आगजनी गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गरेपछि भीड नियन्त्रणक लागि प्रहरीले अश्रु ग्यास र रबरका गोली प्रहार गरेको बताइएको छ ।

गत सोमबार मिनियापलिस राज्यमा अफ्रिकी मुलका ४६ वर्षिय अमेरिकी नागरिक फ्लाइडको प्रहरीले नियन्त्रणमा लिएर यातना दिएपछि मृत्यु भएको बताइएको छ ।

डेरेक सौभिन नामका एक पूर्व प्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

यसैबीच गत सोमबार राती पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भन्दै फोनमार्फत उजुरी दिएपछि उनर्लाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली नोट दिने जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्न खोज्दा उनले नमानेको बताइएको छ । प्रहरीमाथि जाइलागेपछि उनलाई हतकडी लगाइएको प्रहरीको दावी छ ।-एजेन्सी

प्रतिक्रिया