शुक्रबार, वैशाख १४, २०८१

सरकारले गर्‍यो जेठ २५ भित्र कर तिर्न आवाहन

नेपालखोज २०७७ जेठ २० गते १३:१५

काठमाडौं । सरकारले जेठ २५ गतेभित्र कर तिर्न आवाहन गरेको छ । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ ।

‘कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार थप गरिएको छ’, सूचनामा भनिएको छ ।

सरकारले लकडाउन गरेपपछि चैत र वैशाख महीनामा अधिकांश करको भुक्तानी गर्ने म्याद जेठ २५ गतेसम्मका लागि बढाएको थियो ।

सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव दिएको हो । सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया