शनिबार, जेठ ३२, २०८२

सातै प्रदेशमा पानी पर्ने, तराईमा हावाहुरीकाे सम्भावना

नेपालखोज २०८० भदौ २२ गते ५:४४

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको  दक्षिणतिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे विभागले जनाइकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया