आइतबार, चैत ९, २०८१

इजरायलको प्रधानमन्त्री कार्यालयमै पुग्यो कोरोना

नेपालखोज २०७७ जेठ २० गते १५:१२

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री कार्यालयले यो पुष्टि गरेको छ ।

Advertisement

इजरायली प्रधानमन्त्री कार्यालयका कर्मचारी क कसको सम्पर्कमा थिए अहिलेसम्म थाहा हुन सकेको छैन् । नेतान्याहु ७० सालका छन् ।

यसअघि पनि नेतान्यहु दुईपटक कोरोना संक्रमणको जोखिममा परेका थिए । मार्चमा उनका सल्लाहकारमा कोरोना संक्रमण देखिएको थियो ।

अप्रिलमा स्वास्थ्य मन्त्रीमा कोरोना संक्रमणको शंका गरिएको थियो तर उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजरायलमा अहिलेसम्म १७ हजार बढी कोरोना संक्रमित भएका छन् भने दुई सय ८० बढीको मृत्यु भइसकेको छ । इजरायलमा कोरोना संक्रमणको दर दिनहुँ बढिरहेको छ । -एजेन्सी

प्रतिक्रिया