२०७७ असार २६ , शुक्रवार English

उपत्यकामा जारी सवारी पास लकडाउन अवधिभर मान्य हुने

२०७७ जेठ २० , मंगलबार प्रकाशित

1588065396lockdown_(10)


काठमाडौं । उपत्यकामा जारी भएका सवारी पास लकडाउन अवधिभर मान्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना जारी गर्दै जेठ २ गतेदेखि १९ गतेसम्म जारी भएका पास काठमाण्डौ उपत्यकाभित्र लकडाउन अवधिभर लागू हुने जनाएको हो ।

सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका नीलो सवारी पासलाई मान्यता दिने भएकोले नवीकरण गर्नु नपर्ने सूचनामा उल्लेख छ ।

पासको लागि कार्यालयमा भिडभाड बढ्न गइ सङ्क्रमण हुन सक्ने भन्दै बुधबारदेखि निवेदन र प्रमाण पुग्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र पास तयार भएको जानकारीपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाएको छ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *