शुक्रबार, वैशाख ७, २०८१

रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजना अवरुद्ध ठेकेदारको चेतावनी

नेपालखोज २०७७ जेठ २० गते १६:२७

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबीच भदौ २९ गते भएको ५ बुँदे सहमतिपछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो।

खानेपानी मन्त्रालयमा भएको उक्त सहमतिप्रति असन्तुष्ट केही स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरिएको स्थानीय सप्लायर्सहरूले बताएका छन्।

खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ता गरेको सहमति सिंगो भेन्डर तथा सप्लायर्सको हितमा नभएकाले पुनः आन्दोलन गर्ने बताइएको छ।

प्रतिक्रिया