बिहीबार, वैशाख १३, २०८१

लकडाउन उल्लंघन गर्ने बढ्दै

नेपालखोज २०७७ जेठ २० गते १८:००

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्नेहरु बढ्न थालेका छन् । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्मका लागि लम्ब्याइसकेको छ। पटक–पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा लकडाउन उल्लंघन गर्नेको संख्या दिनदिन बढिरहेको छ। मंगलबार दिउँसोसम्म एक हजार एक सय ४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जसमध्ये एक सय २१ चार पाङ्ग्रे सवारीसाधन र बाँकी सबै दुई पाङ्ग्रे रहेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले बताए।

सोमबार महाशाखाले दिएको विवरण अनुसार एक हजार ७४ सवारीसाधनलाई नियन्त्रणमा लिइएको थियो। जसमध्ये १४१ चारपाङ्ग्रे सवारीसाधन थिए भने बाँकी सबै दुई पाङग्रे थिए। त्यसैगरी आइतबार ५९२ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो। ट्राफिक प्रहरीले ती सवारीसाधनलाई केही घण्टा होल्डमा राखेर कारबाही गर्ने गरेको छ।

प्रतिक्रिया