भेरी नदीले बगाउदा ३ बालिकाको मृत्यु
नेपालखोज
२०७७ जेठ २० गते २०:०७
डोल्पा । डोल्पामा मंगलबार दिउँसो भेरी नदीले बगाउदा ३ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेका छन्।
उनीहरुको भेरी नदीले बगाउदा मृत्यु भएको हो । उनीहरु मंगलबार गाईको गाठाला गएका थिए । त्यसैबेला गाइहरु नदीमा पसे । गाइलाई बगाउने चिन्ताले नदि पसेका उनीहरुलाई नदिले नै बगायो ।
प्रहरीका अनुसार भेरी नदीले तीनै बालिकालाई बगाएपछि यशोदा र विजयलाई प्रहरीले उद्धार गरेको थियो । तर दुबै बालिकाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
त्यस्तै अर्की बालिका गंगा कठायतको शव भने घटनास्थलभन्दा पाँच किलोमिटर पर भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया