शनिबार, वैशाख १३, २०८२

आज बुधवार लकडाउनको समय घरमै कृष्ण भगवानको आराधना गर्नुहोस मनमा शान्ति र खुसी मिल्नेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ जेठ २१ गते ६:०६

आज २१ जेठ २०७७ बुधवार को राशिफल

मेष
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

मिथुन
मान प्रतिष्ठामा बृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह
आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

तुला
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

धनु
शुभकार्यको चर्चा चल्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन रहनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

बृष
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घर जग्गा या भौतिक सुखबाट लाभ मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

कर्कट
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भईएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाईदा हुन सक्छ ।

कन्या
आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृश्चिक
आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा सामानपनि हराउन सक्छ ।

मकर
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मीन
मनमा दुविधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया