शनिबार, जेठ ४, २०८२

सुदूरपश्चिमका नाकाबाट मंगलबार मात्रै ३ हजार ८१३ भित्रिए

नेपालखोज २०७७ जेठ २१ गते ७:०२

लम्की । कामका लागि भारतका विभिन्न शहर गएका नेपाली लामो लकडाउनले खाना र बासको समस्या भएपछि नेपाल फर्किएका छन् भने केही भारतीय नागरिकसमेत आफ्नो देश फिर्ता गएका छन् ।

कोरोना सङ्क्रमणको जोखिम मोल्दै सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाका भएर मङ्गलबार तीन हजार ८१३ नेपाली नेपाल भित्रिएका छन् भने सोही नाका भएर ६५३ भारतीय बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दीपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीले मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार २०७ नेपाली भित्रिनुका साथै १८५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया