दुई समुहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर ग¥यो, १५ जना घाइते !
नेपालखोज
२०७७ जेठ २१ गते १३:१०
सप्तरी । बुधबार सप्तरीमा दुई समुहबीच झडप भएको छ । झडप हुँदा १५ जना घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा यो झडप भएको हो । झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गरेको छ ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । अहिले स्थिति सामान्य भइसकेको छ।
सम्बन्धित
प्रतिक्रिया