शुक्रबार, वैशाख १४, २०८१

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता

नेपालखोज २०७८ साउन १४ गते १८:१७

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवेदन दर्ता गराएका छन् ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार प्रशिक्षक अलमुताइरीले आज दिउँसो एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण आफुले राजीनामा दिन लागेको बताएका थिए ।

नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन दर्ता बुझाइसकेका छन् । एन्फाले यस विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक भोलिका लागि आह्वान गरिसकेको छ ।

प्रतिक्रिया