शुक्रबार, माघ ११, २०८१

चीनमा एक डाक्टरको मृत्युलाई लिएर हंगामा

नेपालखोज २०७७ जेठ २१ गते १३:४१

काठमाडौँ। चीनको वुहान अस्पतालमा युरोलोजिस्टमा काम गर्ने डा। हु वीफेन्गको मृत्युलाई लिएर स्थानीयले प्रशासनको आलोचना गरेका छन् ।

Advertisement

कोरोनाको चार महिने लामो युद्धपश्चात २ जुनमा वीफेन्गको मृत्यु भएको थियो । उनी जनवरीमा कोरोना संक्रमित भएका थिए । र उनी कोरोनाका कारण मर्ने डाक्टरमा छैठौं हुन् ।

जुन अस्पतालमा वीफेन्ग काम गर्थे गत सालको डिसेम्बरमा कोरोनाको बारेमा सबैभन्दा पहिला चेतावनी दिने डा। लि वेनलियान्ग पनि काम गर्थे ।

कोरोनाका कारण चेतावनी दिएको भन्दै लि वेनलियान्गलाई प्रशासनले मुख बन्द राख्न चेतावनी दिएको थियो । पछि लि वेनलियान्गले भिडियोमार्फत आफ्नो कहानी पोष्ट गरेका थिए ।

वीफेन्गका मृत्युका बारेमा धेरै जानकारी बाहिर आएको छैन तर उनको मृत्युपछि मानिसहरु कोरोना महामारी विरुद्ध चीन सरकारको लडाइप्रति आलोचना गरिरहेका छन् ।

बिरामीका दौरानमा लिभरले काम गर्न छाडेपछि उनको छालाको रंग कालो भएको थियो । -एजेन्सी

प्रतिक्रिया