आज थप १२ जना डिस्चार्ज, नेपालमा कुल २७८ जनाले कोरोना जिते
नेपालखोज
२०७७ जेठ २१ गते १७:०१
काठमाडौं । आज एकै दिन ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै नेपालमा २ दुई सय ७८ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका हुन् ।
त्यसरी डिस्चार्ज हुने ११ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट ए एक जना र बुटवलबाट ४ जना रहेका छन् ।
डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया