रुकुम घटनाका दोषीलाई कारबाही गर्न नेकपाको ध्यानाकर्षण
नेपालखोज
२०७७ जेठ २१ गते २०:०८
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया