आइतबार, जेठ ६, २०८१

आमहड्ताल शान्तिपूर्ण छ, अप्रिय घटनाको छानविन हुन्छ : प्रवक्ता श्रेष्ठ

नेपालखोज २०७७ माघ २२ गते १२:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर आज (बिहीबार) आह्वान गरिएको आमहड्ताल शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समिति संयोजकसमेत रहेका नेता श्रेष्ठले केही छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा आमहड्ताल भइरहेको बताए ।एक–दुई वटा अप्रिय घटना भएका छन्, जुन राज्यको दमनका उपज हुन् ।

आमहड्ताललाई सफल बनाउन प्रवक्ता श्रेष्ठले रत्‍नपार्क कमाण्ड सम्हालिरहेका छन् । उनले भने– ‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन नै हो । यद्यपि यसबीचमा भएका केही अप्रिय घटनाको हामी आन्तरिक रुपमा छानविन गर्छों । आमहड्ताल आफूहरुको बाध्यता भएको श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया