पानीको बोतलमा लेदो भेटियो
नेपालखोज
२०७७ जेठ २२ गते १३:५९
हेटौँडा । एक पानीको बोतलमा लेदो भेटिएको छ । लेदो भेटिएपछि हेटौंडामा एक पानी उद्योग सिल गरिएको छ। हेटौडा–९ स्थित ‘अमृत जल’ नामक पानी उद्योगबाट उत्पादित पानीको बोतलमा लेदो भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उद्योगमा सिल गरेको हो।
खाद्य प्रविधिका प्रमुख सोमकान्त रिजालले उक्त उद्योगले उत्पादन गरेको मिनरल वाटरमा लेदो भेटिएको उजुरी परेपछि उद्योगमा सिल गरिएको जानकारी दिए।
रिजालले उद्योगमा अनुगमन गर्दा पानी फिलिङ्ग गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा भेटिएकोले सिल गरेको बताए।
अनुगमनका क्रममा मजदुरहरुले मेसिन बिग्रिएको कारण हातले नै बोतलमा पानी भरिरहेको फेला पारेको थियो।
साथै नेचुरल वेभरेजले उत्पादन गरेको मिनरल वाटर प्रयोग तथा बिक्री वितरणमा समेत रोक लगाइएको रिजालले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया