आइतबार, वैशाख १४, २०८२

खेलाडीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ २२ गते १४:३४

काठमाडौँ । टोटेनहमका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ। क्लबले उनलाई आगामी ७ दिनका लागि सेल्फ आइसोलेसनमा राखिने बताएको छ। ‘मेडिकल गोप्यताका कारण संक्रमितको नाम भने खुलाइएको छैन,’ क्लबले भनेको छ।

पछिल्लो समयमा एक हजार एक सय ९७ टेस्ट गरिएकोमा उनलाई मात्र कोरोना संक्रमण देखिएको हो।

प्रिमियर लिगमा अहिले पाँचौ चरणको टेस्ट सकिएको छ। जसमा पाँच हजार ७९ टेस्ट गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ। प्रिमियर लिगका खेलाडी र कर्मचारीलाई अहिलो हप्तामा दुई पटक कोरोना टेस्ट गरिँदै आएको छ।

प्रिमियर लिग कोरोना भाइरस महामारीका कारण १३ मार्चदेखि स्थगित छ। १७ जुनदेखि फेरि शुरु हुने लिगमा शुरुमा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यस्तै शेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल पनि हुनेछ। लिगमा अझै ९२ खेल बाँकी छ।

लिगमा लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा छ। लिभरपुलले सिटीमाथि २५ अंकको अग्रता बनाएको छ। लिभरपुललाई अब उपाधि जित्न २ जित आवश्यक छ। यदि सिटी आर्सनलसँग पराजित भएमा लिभरपुले एक खेल जितेमात्रै उपाधि जित्नेछ। ३० वर्षयता लिभरपुल पहिलो उपाधिको नजिक छ।

प्रतिक्रिया