कोरोना : फेरि थपिए एकै दिन ३ सय ३४ जना संक्रमित

नेपालखोज २०७७ जेठ २२ गते १६:३६

काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो।

हालसम्म ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। त्यसैगरी आरडीटी विधिबाट १ लाख २५ हजार ५६४ जनाको परीक्षण भएको छ।

हाल देशभर १ लाख ६१ हजार २६२ जना क्वारेन्टिनमा छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा २ हजार ३३५ जना कोरोना संक्रमित उपचाररत छन्।

अहिलेसम्म २९० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म ९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

प्रतिक्रिया