बिहीबार, चैत ६, २०८१

आज शुक्रबार महालक्ष्मी देवीको आराधना गर्नुहोस धन लाभ हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ जेठ २३ गते ६:००

आज – २३ जेठ २०७७ शुक्रबारको राशिफल

Advertisement

मेष
आज अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक जमघटमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

मिथुन
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्त्तीको भेटघाटले मन प्रसन्न हुनेछ ।

सिंह
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

तुला
पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । शिक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममापनि सफलता पाईनेछ ।

धनु
कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ
आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ र नयाँ योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

बृष
धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । आफन्त र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

कर्कट
पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कन्या
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । बैदेशिक क्षेत्र कमजोर नै हला । चुनौतीको सामना र काममा समस्या आउला ।

बृश्चिक
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका आउन सक्छ ।

मीन
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । साँझमा पैसा खर्च बढ्न सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया