बुधबार, वैशाख १२, २०८१

मोटोपनका कारण हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको मृत्यु

नेपालखोज २०७९ चैत १२ गते १६:०२

एजेज्सी । मोटोपनले मानिसलाई लामो समयसम्म बिरामी राख्छ । संसारभर लाखौं मानिस यो समस्याबाट प्रभावित छन् र यो एक प्रमुख स्वास्थ्य समस्या बनेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो समस्या विश्वभर फैलिएको र महामारीको स्तरमा पुगेको जनाएको छ । मोटोपनसँग सम्बन्धित रोग तथा यसको खतरनाक प्रभावका कारण विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको डब्लुएचओले बताएको छ ।

वर्ल्ड ओबेसिटी एटलस २०२३ का अनुसार २०३५ सम्ममा विश्वको आधा जनसंख्या अर्थात् ४ अर्बभन्दा बढी मानिस मोटो हुन सक्नेछन् । २०१६ को तथ्यांक अनुसार विश्वभर १ .९ बिलियन मानिस अधिक तौलका थिए । यो कुल वयस्क जनसंख्याको ३९ प्रतिशत हो। डब्ल्यूएचओको ग्लोबल हेल्थ अब्जर्भेटरीका अनुसार सन् १९८० देखि मोटा वयस्कहरुको संख्या तीन गुणा बढेको छ ।

बालबालिकाहरु पनि यो रोगबाट अछुतो छैनन् । ५ वर्ष मुनिका करिब ३.८ करोड बालबालिकाको तौल बढी अर्थात् मोटो छ । यो सँगै ५ देखि १९ वर्ष उमेर समूहका ३४ करोडभन्दा बढी बालबालिका मोटोपनबाट पीडित छन् । मोटोपन आफैमा रोग नभए पनि यो विभिन्न प्राणघातक रोगको प्रमुख कारण रहदैं आएको छ ।

प्रतिक्रिया