शनिबार, फागुन १२, २०८०

गाँजर हृदय रोगीका लागि पनि उपयोगी छ, यस्ता छन अन्य फाइदाहरु

नेपालखोज २०७७ जेठ २३ गते ७:०१

हामीले सेवन गर्ने थुप्रै खाने कुराहरुमध्ये गाँजर हाम्रा शरिरका लागि आति नै उपयोगी मानिन्छ । योे हाम्रो शरिर स्वास्थ्य राख्न तथा आँखाको ज्योतिका लागि निकै लाभदायिक मानिन्छ । कम क्यालोरी भए पनि गाजरको स्वाद निकै मीठो हुन्छ । यतिमात्र होइन, यो अनेक पौष्टिक तत्वले भरिपूर्ण हुन्छ जसले हाम्रो स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ ।

गाँजर सेवन गर्नुका निम्न फाइदाहरु छन्ः

१. गाँजरको नियमित सेवनले हाम्रो आँखाको स्वास्थ्य राम्रो हुन्छ । यसमा बिटा क्यारोटिन हुन्छ जो पेटमा पुगेपछि भिटामिन एमा बदलिन्छ । आँखाको रोग मोतियाबिन्दु कम गर्न पनि गाजरको ठूलो भूमिका हुने विश्वास गरिन्छ ।

२. गाँजरको नियमित सेवनले फोक्सो, स्तन तथा कोलोन क्यान्सरको खतरा पनि कम हुन्छ । गाजर एउटा मात्र खाद्यान्न हो जसमा फाल्केरिनोल नामको किटनाशक पाइन्छ । गाजरको सेवनले क्यान्सरको सम्भावना एक तिहाइले कम हुन्छ ।

३. गाँजरलाई एन्टि एजिङ खानाका रुपमा पनि चिनिन्छ । अर्थात् गाँजर खानेहरुको अनुहारमा बुढ्यौलीका रेसा देखिने सम्भावना निकै कम हुन्छ ।

४. गाँजरमा हुने औषधीय गुणले विभिन्न संक्रमणलाई कम गर्छ, यसको जुस पिउँदा झन् धेरै फाइदा हुन्छ ।

५. हार्वर्ड विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार गाँजर नियमित खानेहरुमा हृदयघातको सम्भावना पनि कम हुन्छ ।

६. गाँजर खाने हो भने हाम्रो शरीरमा भएका विषालु पदार्थ पनि बाहिर निस्कन सहज हुन्छ ।

७.गाँजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ । दाँतको सफाइ गर्नुका साथै गाजरले हाम्रो सासलाई पनि स्वच्छ राख्छ ।

प्रतिक्रिया