“सुरक्षित जीवनका लागि जैविक विविधता” नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै
नेपालखोज
२०७७ जेठ २३ गते ७:०६
काठमाडौं । आज ५ जून अर्थात विश्व वातावरण दिवस । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी विश्व वातावरण दिवस मनाइँदैछ । विभिन्न संघसंस्थाले भर्चुअल छलफल कार्यक्रम आयोजना गरेका छन् ।
नेपालमा पनि अनौपचारिक रुपमा आयोजना गरिएका भर्चुअल छलफल मार्फत दिवस मनाइदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा “सुरक्षित जीवनका लागि जैविक विविधता” रहेको छ ।
पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्टसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ ।
सम्बन्धित
प्रतिक्रिया