बुधबार, वैशाख १२, २०८१

मंगलबार कार्यविनायक भगवानकाे दर्शन गरी पूण्य लाभ गर्नुहाेस्

नेपालखोज २०७७ चैत ३१ गते ६:००


उपत्यकामा चार प्रसिद्ध गणेशहरु रहेका छन् । ती चारमध्ये कार्य विनायक पनि एक हो । जो बुङ्गमती र खोकनाको बीचमा रहेको छ । नबनेका कार्य बनाइ दिने भएकाले यसलाई कार्य विनायक भनिएको हो । उपत्यकावासीले कार्य विनायकलाई अत्यन्तै श्रद्धापूर्वक परापूर्वक कालदेखि नै मान्दै आएका छन् ।


कार्य विनायकमा गणेशको मानवनिर्मित मूर्ति छैन । हात्तीजस्तो प्राकृतिक प्रस्तरलाई कार्य विनायकको रुपमा पूजा गरिने गर्दछ । त्यसैको माथि गणेशको मन्दिर निर्माण गरिएको छ । कार्य विनायकलाई व्यापारीहरुको रक्षक देवता पनि भनिन्छ । नेवार समुदायका व्यापारीहरुले मंगलबारका दिन लड्डु, तील, दुबोले पूजा गर्ने गर्दछन् । नेपाली हिन्दुहरुको यो पवित्र तीर्थस्थलको रुपमा परिचित छ ।

कार्य विनायकलाई कर्मप्रधान देवताका रूपमा पनि मान्ने चलन रहेको पाइन्छ । कार्य शब्दले कर्म अर्थात् कामलाई बुझाउँछ । विनायक शब्दले गणेश भन्ने बुझाउँछ । विनायक भगवान गणेशको हजार नाममध्ये एक नाम हो । तसर्थ कार्य विनायकलाई कर्म प्रधान देवता भनेर सम्मान गरिएको हो । हरेक कर्मको शुभारम्भ गर्दा सर्वप्रथम गणेश भगवानलाई सम्झने र पूजा गर्ने हिन्दु परम्परा पनि छँदै छ ।


त्यसैले कार्य विनायकलाई कामको भलो गर्ने गणेश रुपमा मानिएको हो । विशेष गरी कार्य विनायकमा मंगलबार र शनिवारको दिन भक्तजनको भिड रहने गर्दछ । मंगलबार कार्य विनायकको दर्शन गर्दा पूर्ण नभएका कामहरु पूर्ण हुने हुनाले यस मन्दिमा भिड लाग्ने गरेको हो ।

प्रतिक्रिया