शनिबार, जेठ ४, २०८२

तनहुँका दुईजनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ २३ गते ७:२८

पोखरा । तनहुँमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकामा वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दू शर्माले जानकारी दिए ।

प्रतिक्रिया