प्रधानमन्त्री ओलीद्वारा विश्व वातावरण दिवसको शुभकामना सन्देश
नेपालखोज
२०७७ जेठ २३ गते ७:४४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महत्वपूर्ण योगदान पु¥याउनेसमेत उनले स्पष्ट गरेका छन् ।
‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महत्वपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’– सन्देशमा भनिएको छ ।
सम्बन्धित
प्रतिक्रिया