जुम्लामा क्वरेन्टीनमा बसेका एक जनाको मृत्यु, स्वाब परिक्षणको तयारी

नेपालखोज २०७७ जेठ २३ गते १०:३७

जुम्ला । जुम्लामा क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर-८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वरेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएको जानकारी पाएको बताएका छन् । प्रहरी नायब उपरीक्षक धामीकाअनुसार प्रहरी तलिउम पुगिसकेको र मृतकको स्वाब लिन बाँकी रहेको छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यसतर्फ जाँदैछ ।

प्रतिक्रिया