दार्चुलामा ८९ को पीसीआर रिपोर्ट नेगेटिभ
नेपालखोज
२०७७ जेठ २३ गते १०:५८
दार्चुला । दार्चुला जिल्लाका ६ वटा स्थानीय तहमा गरिएको १०३ जनाको पीसीआर परिक्षणमा ८९ जनाको रिपोट नेगेटिभ आएको छ ।
१ जनाको भने पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जेठ ८ गते भारतबाट नेपाल प्रवेश गरेका ६ वटा स्थानीयका व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको थियो ।
महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यासँ गाउँपालिकाका व्यक्तिमा गरिएको पीसिआर परीक्षणमा बिहीबार सम्म ८९ जना पुरुषको पीसीआर रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जानकारी दिएको छ।
उनीहरुको धनगढीस्तिथ सेता प्रादेशिक अस्पतालको प्रगोलशालामा परीक्षण गरिएको हो।
सम्बन्धित
प्रतिक्रिया