प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुँदै
नेपालखोज
२०७७ जेठ २४ गते ९:४०
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ ।
सन् २०२०र२१ को सिजन सेप्टेम्बरको दोस्रो साताबाट गर्ने तयारी भएको प्रिमियर लिगले जनाएको छ । नयाँ सिजनको मिति सेप्टेम्बर १२ वा १३ लाई प्रस्ताव गरिएको छ ।
कोरोना भाईरसको महामारीले यस सिजनको लिग सकिएको छैन । कोरोनाले गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया