बिहीबार, जेठ ९, २०८२

सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन स्थगित

नेपालखोज २०७७ जेठ २४ गते ९:४७

धनगढी । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन स्थगित गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब संकलन स्थगित गरिएको हो ।

पीसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ । परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब संकलन भइरहेको छ ।

यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको निर्देशक अवस्थी बताए । प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षण सकिएपछि मात्रै स्वाब संकलन शुरु गरिने बताइएको छ ।

प्रतिक्रिया