रविले भेटे प्रधानमन्त्री
नेपालखोज
२०७९ माघ २२ गते १२:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।
पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि रास्वपा सभापति रविले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् ।
गृहमन्त्री पाउनुपर्ने अडान राखेको रास्वपाले आज सरकारबारे निर्णय लिदैछ । यद्यपि, प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने विषयमा पनि रास्वपा भित्र छलफल जारी छ ।
सम्बन्धित
प्रतिक्रिया