डोल्पामा मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ २४ गते १३:४२
काठमाडौं । डोल्पामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गर्दै ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। मृतक ती पुरूष सुर्खेतमा बस्दै आएका थिए।
उनी गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो।
मृत्यु भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो। मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको छ।
सम्बन्धित
प्रतिक्रिया