मंगलबार, वैशाख ४, २०८१

ओमानले दियो नेपाललाई १२२ रनको लक्ष्य

नेपालखोज २०७८ असोज ३ गते २०:२६

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ ।

आइतबार अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए ।

यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४र४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए । पहिलो खेपलमा पाँच विकेटले पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा छ ।

प्रतिक्रिया