शुक्रबार, चैत १६, २०८०

प्रिया प्रकाशको सामाजिक सञ्जालमा पुनः धमाकेदार ‘रि इन्ट्री’

नेपालखोज २०७७ जेठ २४ गते १४:३६

एजेन्सी । नजरको गोलीले करोडौं मुटुलाई घायल बनाएर सोसल मिडिया सेन्सेसन बनेकी प्रिया प्रकाश पुनः सामाजिक सञ्जालमा फर्किएकी छिन् ।

केही समयअघि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेकी थिइन् । यसपटक पनि उनले सोसल मिडियामा धमाकेदार कमब्याक गरेकी छिन् । प्रियाले यसपटक नृत्य गरिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

उनले भिडियोमा एश्वेर्य रायको फिल्म ‘ताल’ को टाइटल गीत ‘ताल से ताल मिला’ मा नृत्य गरेकी छन् । उक्त भिडियो उनले आफ्नै घरमा शूट गरेकी हुन् ।

उनले बसेर गरेको नृत्युमा त्यहीँ मन्त्रमुग्ध पार्ने भावभंगीहरु प्रस्तुत गरेकी छिन् ।केही समय अघि प्रियाले आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेको घोषणा गरेकी थिइन् । उनको पछिल्लो भिडियोलाई फ्यानहरुले खुब मनपराएका छन् ।

प्रतिक्रिया