मंगलबार, वैशाख ११, २०८१

सुशान्त मृत्यु प्रकरण : सुशान्तकी बिहिनीविरुद्ध मुद्धा दर्ता

नेपालखोज २०७७ भदौ २३ गते ८:५६

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतकी बहिनी प्रियंका सिंहविरुद्ध मुद्दा दायर गरेकी छन् । प्रियंकासँगै राम लोहिया अस्पतालका डा. तरुन कुमारसहित अरु केहीमाथि मुम्बइ प्रहरीमा जालसाजीको उजुरी दिएकी हुन् ।

औषधि खरिदको क्रममा किर्ते गरी जालसाजी गराएको भन्दै रियाले ६ पेज लामो उजुरी मुम्बइ प्रहरीमा दिएकी हुन् । सुशान्त सिंहको मृत्युको घटनालाई लिएर भारतमा ठूलो मुद्दा बनिसकेको छ ।

खासगरी टेलिभिजनका लागि यो मुद्दा प्रमुख बनेको छ । सोही मुद्दालाई लिएर अधिकांश टिभी च्यानल सुशान्त र रिया गरी दुई खेमामा विभाजित बनेका छन् । कतिपयले त रियालाई दोषी करार गरिसकेका छन् । रियाले भने मिडियाको दबावका कारण रुँदै आत्महत्याको भावना पलाएको प्रतिक्रिया दिएकी थिइन् । रियाले सुशान्तलाई लागुऔषध सेवन गराइ हत्या गरेको आरोप उनीमाथि छ ।

जुन कुरा अनुसन्धानकै क्रममा हुँदा टेलिभिजनहरुले रियाविरुद्ध व्यक्तिगत गालीगलौजमै उत्रिएका छन् । रिपब्लिक टिभी लगायत च्यानलले त रियालाई अन्तर्वार्तामा ल्याएको भन्दै अन्य च्यानलको विरोध समेत गरे । यतिसम्म कि, बलिउडका प्रभावशाली कलाकार समेत रियाको पक्ष वा विपक्षमा उत्रिन थालेका छन् ।

प्रतिक्रिया