आज एकैदिन बर्दियामा २८ जनामा कोरोना पुष्टि
बर्दिया । बर्दियामा आज एकै चोटी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो ।
केहि दिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका बर्दियाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।
बर्दियाको गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बाँसगढी नगरपालिकामा ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा ३ जना गरि २८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ३ का ९ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर १० का १ रहेका छन् । राजापुर नगरपालिका वडा नम्बर १० का ३ जना र वडानम्बर ८ का २ जना रहेका छन् ।
यसैगरी बाँसगढि नगरपालिका वडा नम्बर ९ का ३ जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । मधुवन नगरपालिका वडा नम्बर २ का २ जना र वडा नम्बर ५ का २ जना रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जना रहेका छन् ।
संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका थिए । उनीहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पीसीआर विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए ।
शनिबार एकैदिन २८ जना संक्रमित थपिएसंगै बर्दियामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना संक्रमित रहेका थिए । संक्रमित मध्ये बर्दिया गुलरिया ११ लालपुरका र राजापुर ५ की वालिका निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया