सप्तरीमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि
सप्तरी । सप्तरीमा आज ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो । योसँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ । आज संक्रमण पुष्टी भएका सवै ७ जना भारतीय सिमासँग जोडिएको बलान बिहुल गाउँपालिकाका बासिन्दा हुन ।
जसमध्ये दुई जना महिला पनि छन् । उनीहरु सवै १० दिन अघि भारतबाट घर फर्कि गाउँपालिकाद्वारा बनाइएको क्वारेन्टाईनमा बस्दै आएको र धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
हालसम्म संक्रमण पुष्टी भएका मध्ये दुई जना सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मी पनि छन । कुल १८ स्थानिय तह रहेको जिल्लामा अहिले सम्म १२ वटा स्थानिय तहबाट संक्रमित फेला परि सकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बोदेबर्साइन नगरपालिकामा सर्वाधिक २० जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसपछि राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, बलान विहुल गाउँपालिकाका ११, हनुमाननगर कंकालिनी नगरपालिकाका ६, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकाका ५र५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया