सोमबार, पुष २९, २०८१

क्यानद्वारा आफूखुशी चार्टर्ड उडान नगर्न निर्देशन

नेपालखोज २०७७ जेठ २५ गते १३:२६

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तराष्ट्रिय चार्टर्ड उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।

Advertisement

बन्दाबन्दीका समयमा आफूखुशी चार्टर्ड उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास ९कूटनीतिक० आग्रह बाहेकका सबै चार्टर्ड उडानमा रोक लगाएको हो ।

क्यानका एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचना अनुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर्ड उडानमा रोक लगाइएको हो ।

बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर्ड उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तराष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया