डडेल्धुरामा मालवाहक ट्रक दुर्घटना, चालकको अवस्था अज्ञात
डडेल्धुरा । डडेल्धुरामा ट्रक दुर्घटना भएको छ । शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा इन्ट्री गरी धनगढीबाट बाजुरा जिल्लाका लागि सिमेन्ट लैजाँदै गरेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
ना ५ ख २२४६ नं को मालबहाक ट्रक बिहान केआइसिह राजमार्ग अन्तरगत पर्ने राँइ नजिकै दुर्घटनामा परेको हो । सडकबाट करिव १०० मिटर तल पल्टिएको र स्याउले इन्ट्री पोस्टमा चालकमात्रै रहेको विवरण प्राप्त भए पनि क्षतिको एकिन विवरण आउन सकेको छैन ।
उद्धारमा कठिनाइ भएकाले ट्रकमा कति मानिस सवार थिए भन्न नसकिने जिल्लाा प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
दुर्घटनाको विवरण अहिले आएको छैन, इन्ट्री पोस्टको विवरण अनुसार १ जना चालक मात्रै सवार रहेको बुझिएको छु उनले भने, चालकको अवस्था अज्ञात छ । आज बिहान स्थानीयले ट्रक पल्टिएको अवस्थामा देखेपछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रतिक्रिया