मंगलबार, वैशाख ३०, २०८२

सामुदायिक विद्यायलमा क्वारेन्टीन राखेर निजी मात्र चलाउन मिल्छ ?

नेपालखोज २०७७ जेठ २५ गते १४:५२

नेपाल खोज डेक्स,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामुदायिक सरकारी विद्यालयमा क्वारेन्टीन राखेर निजी विद्यालय मात्र चलाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सामुदायिक विद्यालय र विश्वविद्यालय बन्द गरेर निजी विद्यालय चलाउने कुरा बिल्कुलै अनुचित हुने कांग्रेसको ठहर छ । विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अब विद्यालय चल्छन्, भर्ना लिन्छु भन्दै हिँड्नु गैरजिम्मेवारी भएको बताए ।

‘हुन त शिक्षामन्त्रीका आफ्नै गुनासा छन्, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा आफ्ना कुरा नपरेको भन्दै शिक्षामन्त्रीले गीत गाउँदै हिँड्नुभएको छ । अर्कोतिर शिक्षामन्त्रीले अब विद्यालय चल्छन् भन्दै हिड्नुहुन्छ, परीक्षा चल्छ भन्नुहुन्छ । देशभरका समुदाय र सरकारी विद्यालयमा क्वारेन्टीन राख्ने, निजी विद्यालय शुल्क चल्न दिने ? विल्कुलै अनुचित हुन्छ,’ सांसद खाणले भने, ‘निजी चलाउने हो भने सरकारी र विश्वविद्यालय सबै चलाउनु पर्छ । निजी विद्यालय फी लिनका लागि । शिक्षामन्त्रीले भर्ना लिन्छु भन्ने, सरकारले गुमराह गरेको हो, यसको घोर विरोध गर्छु ।’

प्रतिक्रिया