शनिबार, माघ १२, २०८१

चीनमा फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ६ नयाँ संक्रमित फेला

नेपालखोज २०७७ जेठ २६ गते ७:१७

एजेन्सी । गत डिसेम्बर अन्तिम साता पहिलो पटक चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरस (कोभिड १९) चीनमा नियन्त्रणमा आएको थियो ।

Advertisement

तर पछिल्लो समय चीनमा फेरि कोरोना संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् ।

रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए । नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८४ हजार बढि संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३८ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया